विराटनगरको “वेबसफ्ट आईटी नेपाल” मुलुककै टप टेनमा


विराटनगरको वेबसफ्ट आईटी नेपाल प्रा.ली. नेपालकै टप टेन वेबसाईट होस्टिङ कम्पनीको लिष्टमा पर्न सफल भएको छ । अमेरीकाको डब्लु.एच.टप नामक एक संस्थाले गरेको अनुसान्धानका अनुसार वेबसफ्ट आईटी नेपाल प्रा.ली. नेपालको उत्कृष्ट होस्टिङ कम्पनीेहरुको ९ औं नम्बरमा परेको हो । सेवाग्राहीलाई दिएको प्रतिफल र एलेग्जा -याङ्किङको आधारमा नेपालको टप टेन होस्टिङ कम्पनीको नाम सार्वजनिक गरिएको डब्लु.एच.टपले जनाएको छ ।
उक्त संस्थाका अनुसार ब्लर्ड लिंक, काठमाडौं पहिलो नंम्बर रहेको छ ।
यस्तो छ टप टेनको सूची :
वेबसफ्ट आईटी कम्पनीले हालसम्म वेबसाईट होस्टिङ, वेबपेज डिजाईनिङ, अनलाईन एसएमएस, एसएमएस भोटिङ, अनलाईन रेडियो ब्रोडकास्टिङको सेवा दिदै आएको छ । साथै सफ्टवेयर र मोबाईल एप्स्हरु समेत उक्त काम्पनीले निर्माण गर्ने गरेको छ ।
कम्पनी टप टेनमा पर्न सफल भएपछि वेबसफ्ट आईटीका संचालक भवेश मण्डलले आफ्नो दिनरातको महेनत सफल भएको प्रतिक्रिया दिएका छन् । उनले भने ‘ आफ्नो कम्पनी टप टेनमा परेको विषय पहिला हामीलाई थाहै भएन, पछि समाजिक संजाल तथा अनलाईनहरुमा ब्यापक समाचार आएपछि म आफै पनि चकित परे’
वेबसफ्ट आईटी नेपालको अफिसियल वेभसाईट (www.websoftitnepal.com) हाल एलेग्जाको नेपाल  -याङ्किङमा ९६० औं स्थानमा छ भने अन्तराष्ट्रिय -याङ्किङमा १० लाखभन्दा मुनि रहेको छ ।

Comments